किन चाहियो नयाँ संस्था ?

-शशी पौडेल
बेलायतमा अगस्त महिनामा दुइवटा संस्था जन्मेका छन् । एउटा संस्था बिशुद्ध साहित्य सेबाका निम्ति कृयाशील हुन भने अर्को संस्था, संस्था संस्थाबीच समन्वय कायम गरी सम्बद्ध संघ संस्थाको एकिकृत प्रतिनिधित्य गर्ने लगायतका उद्धेश्य सहित । यी दुइ संस्थाहरु मध्य “नेपाली संघ संस्था समन्वय परिषद युके”ले निकै चर्चा पाएको छ । चर्चामा खासगरी दुइ वटा प्रश्न उठेका छन् । पहिलो प्रश्न एन् आर एन् छदै छ अव के चाहियो ? दोस्रो यी संस्थै संस्थाको भिडमा अर्को संस्था किन ?
सरसर्ती हेर्दा यी दुबै प्रश्न उचित जस्तो लाग्छ । मननयोग्य लाग्छ । तर प्रश्न भित्र गएर उत्तर खोज्ने प्रयास भने निकै कमले गरेको पाइन्छ । अर्थात हाम्रो संस्कार कस्तो भने पौडी खेल्न जान खोज्ने र कतै पानीको नजिक पुगिहाले पनि सतह सम्म पुग्ने तर गहिराइमा नपुग्ने भने झै कुनै पनि बिषय बस्तुलाइ गहिराइ सम्म अध्ययन नगर्ने । यसका पनि दुइवटा कारण हुन सक्छन् । प्रथम समय वा फुर्सद नभएर दोस्रो हामी नेपाली नेपालीबीच आरोप प्रत्यारोपको संस्कृति बिकाश भएर । यसैको कारण हो यदि कसैले केही बिषय बस्तुका बारेमा रचनात्मक आलोचना ग¥यो भने त्यसबाट सिक्ने प्रयास नगर्ने बरु दुस्मनी खडा गर्ने ।
केही बौद्धिक ब्यक्तिहरुको लामो छलफल र बहस पछि गत १२ अगस्तका दिन गठित नेपाली संघ संस्था समन्वय परिषद युकले बजारमा निकै चर्चा पाएको छ । यो सकारात्मक कुरा हो । यसको गठनको उद्धेश्य तर्फ ध्यान नै नपु¥याइ एन आर एन युकेले “गंभीर ध्यानाकर्षण” भएको भनी आफ्नो संजाल भित्र इमेल चलाएको छ । तर यदि एन आर एन युकेले यसलाइ एन आर एनका बिरुद्ध गठन भएको हो भनेर बुझेको छ भने त्यो गलत हो । यो संगठन अर्थात नेपाली संघ संस्था समन्वय परिषद युके नितान्त बेलायतमा भएका संघ संस्थाहरुबीच समन्वय गर्नु पर्ने आवश्यकता देखेर यसबारे सोंच बनाएको हो । यसले त बरु एन आर एनलाइ सघाउ पु¥याउँछ बिरोध वा प्रतिस्पर्धी होइन ।
बेलायतमा नेपालीहरुको संघ संस्थाहरुको गठन हुन सुरुभएको १९६० को दशकबाट हो । यो प्रकृया अहिले सम्म आइपुग्दा अर्थात ५०÷५२ बर्ष भित्र संघ संस्थाको संख्या करिव करिव ३०० पुगेको अनुमान गरिन्छ । नेपालका हरेक जिल्लाका नाममा, हरेक जात जातीका नाममा, हरेक क्षेत्रका नाममा र बेलायतको बसोबासका हिसाबले बेलायती क्षेत्रका नाममा । सही तथ्याङ्क भने कसैसंग छैन ।
गतहप्ता युरोपको नेपाली पत्रमा नेपाली संघ संस्था समन्वय परिषद युके बारे प्रकाशित समाचारका आधारमा एन आर एन युकेले “गंभीर ध्यानाकर्षण ” भएको भन्दै इमेल क्यम्पिन सुरु गरेको हो । यो उनिहरुको “चोरको खुट्टा काट भन्दा चोरले खुट्टा ताने” जस्तो मात्र हो । एन आर एन युके ले त्यस प्रकारको प्रतिकृया जनाउनु पर्ने कुनै आवश्यकता थिएन र छैन । एन आर एनको आफ्नै प्रकृया छ । एन आर एनमा निर्बाचन हुने बेलामा निर्बाचनमा उठ्ने पदाधिकारीहरुले आफ्नो पकेटको पैसा खर्च गरेर आ—आफ्ना मान्छेलाइ सदस्य बनाइन्छ र निर्बाचनमा भोट हाल्न लगाइन्छ । अझ एन आर एन भित्र रमाइलो त के छ भने कस्ले कति सदस्य बनाए भन्ने प्रतिस्पर्धा हुने गरेको छ । त्यहाँ हर नेपालीले आफ्नो खुसीले स्वतन्त्र बिचारमा सदस्य बन्न कठिन छ किनकि त्यहाँ त एउटा प्यानलको सदस्य बनेर उभिनु पर्दछ । यस अर्थमा पनि एन आर एन युके र नेपाली संघ संस्था समन्वय परिषद युके नितान्त फरक छन् ।
नेपाली संघ संस्था समन्वय परिषद युकेले आफ्नो प्रस्तावनामा लेखेको छ “बेलायत स्थित स्थानीय क्रियाशील नेपाली संघ संस्थाहरुबीच आपसी एकता, सद्भाव, समानता र सामुहिक संस्थागत सहभागिताका आधारशीलामा केन्द्रीय समन्वय र एकिकृत अभिलेख एवं इतिहाँस सुब्यवस्थित राख्न सम्बद्ध संघ संस्थाहरुको नै केन्द्रीकृत संस्था निर्माण गर्ने । ”
यस्तै यसका उद्धेश्यहरु “प्रस्तावनामा उल्लेखित आधारशीला र मर्म अनुरुप कार्य गर्ने । केन्द्रिय समन्वय र संस्थागत कार्यहरुमा सहयोगी भूमिका निर्बाह गर्ने । प्रत्येक सम्बद्ध संस्थाहरुले गरेका कार्यहरु र उक्त कार्यकालका पदाधिकारीहरुको योगदान र भूमिकाको तथ्याङ्ककृत गरी अभिलेख राख्ने र एकिकृत केन्द्रिय ऐतिहाँसिक दस्ताबेज प्रकाशन गर्ने । प्रतेक सम्बद्ध संस्थाहरुलाइ समान रुपले प्रकाशमा ल्याउने र उच्चतम कार्य प्रोत्साहन तथा प्रचार प्रसार वा सूचना प्रवाह गर्ने । आपसी सहयोग र सहभागितामा समन्वय तथा तिब्रता ल्याउने । समान पहिचान, सह—अस्तित्व, सामाजिक एकता र सम्मानलाइ संस्थागत गर्ने । एवं संम्बद्ध संघ संस्थाहरुको एकिकृत केन्द्रिय प्रतिनिधित्व गर्ने” रहेका छन् ।
यसको सदस्य बनाउने प्रकृया पनि एन आर एनको जस्तो नभै बेलायत स्थित क्रियाशील नेपाली संघ संस्थाहरुबाट तीन तीन प्रतिनिधी मागिने ब्यवस्था रहेको छ ।
यसको बिधान अझै तयार भैसकेको छैन । दुइ बर्ष भित्र यसले बिधान बनाउने कार्य देखि लिएर बेलायतमा रहेका संघ संस्थाहरुको तथ्याङ्क तयार पारी सक्ने छ र आफ्नो पहिलो अधिबेशन गर्ने छ । र यसले नितान्त रुपमा बेलायत स्थित सबै संघ संस्थाहरुको सहयोग लिदै र आफु पनि सहयोगीका रुपमा समन्वय गर्दै जाने छ । यो संस्थालाइ बुझ्दा यो संस्था बेलायती संस्थाहरुद्धारा बेलायती संस्थाहरुका लागि हो भन्ने बुझ्नु नितान्त आवश्यक छ ।

 

Bookmark the permalink.

2 Responses to किन चाहियो नयाँ संस्था ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *