कात्तिके दान

मिलन तिमिल्सिना

मात्तिएका कुकुरलाई मात्र होइन, माग्ने मान्छेलाई समेत कात्तिक फलिपाप हुने याम हो । कात्तिकमा गाउठाउ, सडकचोक र बजार भुक्ने र भट्याउनेले भरिभराउ हुन्छन् । तिहारको मौका छोपेर देउसेभैलो भट्याउने सिजन यही भएकाले झोलीतुम्ला बोकेर घरघर चाहार्ने धेरै भेटिन्छन् यो बेला । कुकुरलाई गल्ली चाहार्ने चटारो भन्दा पनि बढी हुन्छ, देउसीभैलोलाई । देउसीको नाममा मागेर गोजी र झोली भर्न पाईन्छ भने किन पछि पर्ने । त्यसैले धक फुकाएर माग्ने बेला यही हो ।

चाडमा बलीराजाको आड लिएर घरघरमा पुगी भट्याउनेले माड पनि गतिलै भेट्छ । राजा हटेपनि बलीराजालाई मान्ने परम्परा अहिले पनि उस्तै छ । कात्तिकमा माग्नेलाई तिनै बलीराजाले पठाएका हुनाले दान गर्नुपर्छ भन्ने मान्यताले देउसीभैलो खेल्नेको गोजी भर्न सहयोग पुग्ने गरेको छ । कात्तिके दानको नाममा माग्नेले कानै टट्याउने गरी भैलो खेल्छ । दिनेले धान नै सिध्याउने गरी दैलो खोल्छ । त्यसैले कात्तिक माग्नेको खेलो र दिनेको मेलो बढाउने सिजन पनि हो ।

तर सुख्खा बालुवाटार र चिसो पेरिसडााडामा बस्नेले कात्तिके दानको महत्व कहिल्यै बुझ्न सकेनन् । हुन त यी ठाउामा ओहोरदोहोर गर्नेहरुले अरुलाई दिन भन्दा आफूले लिन मात्र जानेका छन् । थर्काएर, फकाएर, फसाएर, बसाएर, उठाएर, धम्क्याएर उनीहरु पहिलेदेखि नै माग्नमा पोख्त । माग्न भनेपछि जहाा जसरी पनि बुर्कुसी मारेर पुग्छन् । दिन भनेपछि कानमा तेल हालेर लम्पसार पर्छन् ।

दिनभन्दा लिन मात्रै जान्नेहरुको अहिले बोलवाला छ । बल र छल गरेर बोलवाला भएकाहरुले यसबीचमा ढोल मात्र बजाए । यसो गर्छु र उसो गर्छु, यो दिन्छु र उ दिन्छु भनेर जनतालाई भुलाए । तर न संविधान दिए, न धान । न नून दिए, न गून । धान त दान गर्न नसक्नेले त्यत्रो संविधान कसरी दिन सक्थे ? नूनमा कञ्जुस्याईं गर्नेहरुबाट गुनको के आशा ?

दानै गर्न नसक्नेहरुको घरदैलोमा पुगेर एकथरीले देउसीभैलो भट्याउन थालेको महिनौं भैसक्यो । अहिले कात्तिके दानको सिजन छोपेर भट्याउनुहरुको कोलाहल बढ्न थालेको छ । डेड दर्जन पटक बल गर्दा पनि बल्ड्याङ मात्रै खाएर कुर्सी समात्न नसकेकाहरुलाई अहिले त्यो कुर्सीमा एकपटक नबस्दासम्म खाएको नपच्ला भन्ने डर छ । दशैंको बेला पनि उनीहरुले बालुवाटारको कुर्सी दक्षिणाको रुपमा पाउन न्वारनदेखिको बल लगाए । घरमै बोलाएर चिया र समोसा खुवाए । मन पगाल्न नानाभााती बिन्तीभाउ गरे । रोइकराई, अनुनयविनय केही गर्दा पनि पत्तो नलागेपछि घुर्की पनि लगाए । तर घुर्की लगाएर ठाउामै पुगेकालाई अर्काले लगाएको घुर्कीको के मतलब ?
ऊबेला दक्षिणा माग्नेहरु अहिले दान माग्दैछन् । दानमा कुर्सी चाहियो भनेर यिनीहरुले बेसिजनमा पनि देउसी भट्याए । अहिले सिजनमा त किन छाड्थे । धान भित्र्याउने सिजनमा संविधानको अत्तो थाप्दै अहिले कुर्सी दान माग्ने दोहोरी चलिरहेको छ । ऊबेला दानमै पाएको कुर्सीमा ढसमस्स बस्नेलाई मरिगए छोड्न मन छैन । पहिले त्यही कुर्सीमै उाघेर खुट्टा हल्लाएको यादले छटपटिएकालाई फेरि कुर्सी दान नलिई नछोड्ने ध्याउन्न छ । दानमा पाएकालाई जान मन छैन । जान नपाएर ज्यान चिलाएकालाई भए दानमा नभए भनाभन र हानाहानमा भएपनि कुर्सी नभई भएको छैन ।

कात्तिके दानको सिजनमा भुक्ने र भट्याउनेको बिगबिगी छ । भुक्नेले त खोजेको कुरो पाएर मस्ती गरेकै छन् । भट्याउने चाहिा मस्ती गर्ने ठाउामा कहिले कसरी पुग्ने हुन् पत्तो छैन । हुन त यिनलाई बलीराजाले पठाएका पनि होइनन् । बलीराजा भन्दा बोलवाला राजा धेरै भएको मुलुकमा देउसी भट्याउन यताका भन्दा सीमापारीका बोली नै बढी फाप्ने गरेको छ ।
–मिलन तिमिल्सिना (www.damadol.com)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *