आन्दोलन हाँक्न अनुभव चाहिन्छ

-शशी पौडेल
दुई दशक भन्दा बढि समय युरोपको बसाइमा मेरा सबभन्दा दुःखका दिन भनेको क्रिसमसको बेलामा हुने गर्दछ । हेरक बर्ष जव क्रिसमसको बेला आइपुग्छ तव मेरो दिमागलाई फुकेर खाली गराएको महसुस हुने गर्दछ । आवश्यकता भन्दा बढि महंगा खाना परिकार र सस्ता अल्कोहलका बोतलले मात्र सताउने नभै यो बेलामा पत्रपत्रिकाहरु वाक्ला देखिए पनि पढ्ने कुरा खासै हुदैन । या त खाना वा उपहारको विज्ञापन या त क्रिसमसकै वारेमा एउटै धर्राका सूचनाहरु । जसले मलाई कोमामा पु¥याएको महसुस हुने गरेको छु । अझै यस बेलामा कुनै छिमेकी वा जान पहिचानको ब्यक्तिले भान्साका निम्ति बोलाए भने न त नाई भन्नु न त जानुको अवस्थामा हरेक बर्ष संघर्ष गर्ने गरेको छु । यस बर्ष म त्यस प्रकारको कोमाबाट बच्न गतबर्ष देखि पढ्न नभ्याएका लेख रचनाहरु कटिङ्ग गरेर ग्यारेजमा थन्क्याएका बेलैमा झिकेर पढ्न तयार पार्ने निधो गरें । गार्डियनको गतबर्षको एक अंक फेला प¥यो । उक्त अंकमा लेखिका लाउरी पेनीले कमसेकम विगत केही समय अघि बेलायतमा भएको विद्यार्थीको आन्दोलनवारे वहस ल्याएकि रहिछन् । सोही वहसका पंतीहरु पढ्दा अलि सन्चोको अनुभूति भयो ।
उनको वहस स्वागत योग्य छ । उनले चलाएको यो वहसले उनी विद्यार्थीहरुको आन्दोलन वारे सहानूभूति राख्ने एक पत्रकार रहिछन् भन्ने बुझ्न गाह्रो परेन । मलाई लाग्यो उनले जुन वहस सुरु गरेकी छन् सायद अलि ढिलो शुरु गरिन् कि ? उनले लेख्छिन्– विरोध प्रर्दर्शनमा उत्रिएका विद्यार्थीहरु क्रियटिभ, आटीला र जोश जागर भएका मात्र नभै अवस्थालाई बुझेर आन्दोलनमा होमिएका गुरिल्ला ट्याकटिकका रहेछन् ।
मेरो बिचारमा उनले भनेको ठिक हो तर कथाको एक भागका लागि मात्र ।
जुन आन्दोलनको कुरा उनले गरिन् त्यो आन्दोलनबाट आन्दोलनकारीहरुले अचानक हात झिकेका थिए । यदि आन्दोलनकारीहरुले साँच्चै आन्दोलनवाट केही पाउन चाहेका थिए भने कसरी र कहाँवाट उनीहरुको पछाडी जनसमुदायलाई ल्याउन सकिन्छ भन्नेवारे चिन्तन गरेर रणनीति तय गर्नु पथ्र्यो । तव मात्र वर्तमान सरकारी सुविधा कट्टा र विश्व विद्यालयतको शुल्क वृद्धिका विरुद्ध जुध्ने शक्ति निर्माण हुने थियो ।
मैले लाउरी पेनीको लेखको चर्चा गरें । उक्त लेख गार्डेनको गतबर्षको क्रिसमस अंकमा पढ्न सकिने छ । उनले लेखेकी छन् “The young people of Britain do not need leaders, and the new wave of activists has no interest in the ideological bureaucracy of the old left. Their energy and creativity is disseminated via networks rather then organisations” उनी अगाडी लेख्छिन् “is not less than a fundamental re-imagining at the British left….an organic reworking which rejects the old deferential structures of union-led action”
यसले मलाई एकछिन आँखा चिम्म गरेर आपूm विद्यार्थी छँदा र भूमिगत राजनैतिक क्रममा गरेका आफ्ना कार्यसम्पादनहरु स्मरण गर्न मन लाग्यो । र संसारका विभिन्न जनवर्गिय संगठन एंव मजदुर संगठनका तह र तप्का संग सोध्न र वहस गर्न मन लाग्यो ।
किनभने एक स्थाइत्व पाइसकेको राजनैतिक बनोट भित्र गरिने कुनै पनि आन्दोलन वा जुलुस नारा बचाइ राख्न वा यसलाई आफ्नो उद्देश्य पुरा नभए सम्म स्थाइत्व दिन प्रचार प्रसार र यसको विस्तार हुनु अत्यावश्यक छ । खहरे खोलाको रुपमा आएको आँधि वेहरीले उपलब्धी हासिल गर्नु भन्दा नोक्सानी पु¥याउने सम्भावना बढी रहन्छ ।
यतिखेर बेलायतका मजदुर संगठनहरु कतै कन्जरभेटिभ, वा ब्यूरोक्रेटिभजम तिर लागे कि भन्ने शंका गर्न मिल्ने प्रशस्त. ठाँउ रहेको छ । उनीहरुको तह र तप्का अर्थात ¥याङ्क एण्ड फाइल प्रजातान्त्रिक भएको हुनु पर्दछ । तर संगठन स्वयम भने कता कता माथिल्लो वर्गको जस्तो सांगुरो भएको अनुभव हुन्छ । यदि त्यसो नभैदिएको भएर विद्यार्थी आन्दोलनले साँचो अर्थमा कुनै मजदुर संगठन वा अनुभवी आन्दोलनकारीको जुझारु र दीगो सहयोग पाएको भए आन्दोलनको गति अर्कै हुने थियो ।
विगतमा भएको विद्यार्थी आन्दोलनहरुले के सिकाएको छ भने आगामी बृहत जुलुस प्रर्दशन सफल पार्न मजदुर संगठनहरुले यसको बृहत प्रचार प्रसार गर्नु पर्छ र बेलायतमा रहेका अन्य असन्तुष्ट पक्षलाइ खुल्ला दिलले सहयोगकालागि आव्हान गर्नु पर्छ अनि उनिहरुको हात बलियोसंग पक्डनु पर्दछ । साँगुरो सोचाई र आन्दोलनको नेतृत्वको स्यावासी लिने मात्र प्रवृत्ति देखा प¥यो भने आन्दोलन तुहिन पनि सक्ने छ । जुन अनुभव हामीले हाँकेका थुप्रै आन्दोलनवाट संगाली सकेका छौं । विगतले अर्को के कुरा प्रश्ट पारेको छ भने बेलायतका केही विश्वविद्यालयहरु आफ्नै क्षमतामा उभिएका छन् । त्यहाँ पढ्ने विद्यार्थी र पढाउने शिक्षकहरु स्वतन्त्र छैनन् । उनीहरु विश्व विद्यालय भित्रको विद्यार्थी संगठनको मतवाट मात्र अनुमती प्राप्त गर्न सक्ने हुन्छन् । त्यहां परम्परावादी विद्यार्थी एंव शिक्षकवीचको अनुशासनको बनोट रहेको छ । त्यसै कारणले २०११ नोभेम्वरको विद्यार्थी आन्दोलनले चाहे जती सफलता प्राप्त गर्न सकेन ।
गत डिसम्वरमा नेशनल यूनियन अफ स्टुडेन्टको नेतृत्वमा आब्ह्वान गरिएको विरोध प्रर्दशन पनि त्यति गतिमान हुन सकेन । यद्यपी सवभन्दा ठूलो विरोध जुलुस विद्यार्थी संगठनहरुले आफ्नो ग्रासरुट तहवाटै आब्ह्वान गरेका थिए । त्यतिखेर यूनिभर्सिटी अफ लण्डनले नेतृत्व ग¥यो । पछि लण्डन क्षेत्रका विश्व विद्यालय र कलेज यूनियनका नेताहरुले नेतृत्व हातमा लिएर हाँकेको जुलुस प्रर्दशनका लागि मजदुर संगठनहरुको सहयोग रहेको थियो तर उनिहरुले बीचमै हात झिके पछि आन्दोलनले गति लिन सकेन । अत बेलायतका युवाहरुलाई अनुभवि नेतृत्वको आवश्यकता छैन भन्ने कुरासंग विमती राख्न सकिन्छ ।
कुनै पनि आन्दोलनको सफलताका लागि चाहिने महत्वपूर्ण पक्ष के हो भने, बृहत भेला गर्नु, हरेक कमिटीमा उर्जा जगाउनु, वृहत सडक प्रर्दशन गरिनु, पेशागत संगठनहरु, सरकारका कार्यक्रमसंग असन्तुष्ट रहेका तर हामीले गरेर केही हुन्न भनी हात बांधेर बस्ने हरु र सर्वसाधारण जनतालाई आन्दोलनप्रति आर्कषित पार्नु र सहयोगको आब्हान गर्नु, उनीहरुको हृदय जित्नु हो । यस निम्ति अनुभवी वर्गीय संगठन एंव मजदुर संगठनका नेतृत्व सम्हाली सकेका ब्यक्तित्वहरुको नेतृत्व र सहयोगको नितान्त आवश्यक छ । किन भने सत्ता पक्ष सत्ताको मातका कारण वहिरो भएको हुन्छ । उनीहरुले मजदुर एंव विद्यार्थी र निमुखा वर्गको आवाज सुन्न चाहदैनन् । नसुन्नका निम्ति उनीहरुलाई प्रजातान्त्रिक तवरवाट बहुमतले दिएको अनुमति समेत चाहिदैन र उनीहरु सकेसम्म सम्झौता गर्न पनि चाहादैनन् । उनीहरु त आपूmले चाहेको र लाद्न खोजेको उनीहरुको स्वार्थ अनुकूलको राजनीति वा कार्यनीति लागू गर्न हर प्रयत्न गर्छन् र त्यस निम्ती सरकारी शक्तिलाई प्रयोग गर्दछन् । अतः विद्यार्थी मजदुर किसान एंव कामदारहरुद्धारा शुरु गरेको आन्दोलनको उद्देश्य सरकारलाई झुकाउने हुनु पर्छ ।
यति खेर फ्रेडरिक एगेल्सको एउटा भनाई उपयोगी ठानेको छु । “The sentimental little songs go unheard and the resounding hunting horn awaits a hunter to blow the rallying call for a hunt on tyrants.”

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *